लामाचौर कपमा गण्डकी च्याम्पियन
पाेखरा | असोज २, २०८०
पोखरा: गण्डकी प्रदेश भलिबल संघले पोखरा लामाचौरमा सम्पन्न भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट जितेको थियो ।
दोस्रो सेटमा सुरुवाती अग्रता बनाउँदै गण्डकीले (९–९)को अवस्थाबाट लगातार पाँच अङ्क जोडेपछि दोस्रो सेटमा हावी हुँदै २५–१९ ले जितेको थियो ।
यस्तै फाइनल खेलमा तेस्रो सेटमा गण्डकीको २० र नेपाल पुलिस क्लबको २१ अङ्क हुँदा रेफ्रीको निर्णयमा पुलिसले असहमति जनाउँदा खेल केही समय रोकिएको थियो । उक्त सेट गण्डकीले २१–२५ ले गुमाएको थियो ।
चौथो सेटमा गण्डकी प्रदेश पुलिस भन्दा (२४–२१)को अवस्थामा भएपनि पुलिसले उत्कृष्ट खेल खेल्दै लगातार चार अङ्क जोड्दै २४–२४ को बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक भएको चौथो सेट गण्डकीले २८–२६ ले जितेको थियो ।
पाँचौ तथा निर्णायक सेटमा गण्डकीले सुरुवाती अग्रता बनाउँदै १५–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
‘लामाचौर कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता गण्डकीले नगद १ लाख ५० हजार १ सय ११ र उपविजेता भएको नेपाल पुलिस क्लबले १ लाख १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा तेस्रो भएको नेपाल एपिएफ क्लबले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा सम्पन्न भएको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबल एवम् दोस्रो संस्करणको पुरुष भलिबलको आज सम्पन्न भएको हो ।
असोज २९ देखि असोज १ गतेसम्म सञ्चालन लामाचौर तीज महोत्सवमा आयोजित लामाचौर कपको पुरुष तर्फको फाइनल खेल घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको थियो ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

